संघ \संस्था

बाहुण्डाँगी जेसीजको ‘नेतृत्व विकास’ सम्बन्धि तालिम सम्पन्न

झापा, जेष्ठ ४ । बाहुण्डाँगी जेसीजको आयोजनामा जारी ८ दिवसीय तालिम अन्तर्गत शनिवार ‘नेतृत्व विकास’ सम्बन्धि तालिम सम्पन्न भएको छ ।
सहारा जेष्ठ नागरिक भवन मेचीनगर २ भृकुटीमा भएको तालिममा साबिक बाहुण्डाँगी गाविस भित्र रहेका राजनिितक दल, सामाजिक संघ संस्था, टोल विकास संस्था, विद्यालय व्यवस्थापन समिति, सहकारी, सामुदायिक वन,सामुदायिक सेवा केन्द्रबाट १ सय ४८ जनाको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षण नेपाल जेसीजका ट्रेनर सिनेटर केदार भण्डारीले दिनु भएको थियो । तालिममा सामाजिक संघ संस्थाको नेतृत्व गर्न एउटा व्यक्तिमा कस्ता गुणहरको आवश्यकता पर्छ ? सामाज नेतृत्व गर्नका लागि एउटा व्यक्तिले पहिले घरको सफल नेतृत्व गर्न सक्नु पर्छ जस्ता विषयहरुमा प्रशिक्षण गराइएको थियो ।

नेपाल जेसीजका तालिम आयुक्त एकराज गिरीको प्रमुख आतिथ्यता तथा बाहुण्डाँगी जेसीजका अध्यक्ष कञ्चन उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बाहुण्डाँगी जेसीजका पूर्व अध्यक्ष उत्तम सिठुङ, बाहुण्डाँगी सामुदायिक सेवा संघका अध्यक्ष सनत कुमार अधिकारी, बाहुण्डाँगी जेसीजका पूर्व महासचिव दिपक बराल, बहुवन सामुदायिक वनकी सचिव इन्दिरा पोखरेललगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कोषाध्यक्ष राजेश थापाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको आस्थापाठ कार्यक्रम संयोजक सागर कार्कीले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव देबु बानियाँले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.