संघ \संस्था

कालिका जेसीजद्धारा रक्तदान सम्पन्न

बाहुण्डाँगी । कालिका जेसीजद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार जेसीजले कालिका नगरपालिका ४ स्थित हाइस्कुल चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए । कोरोनाका कारण रगतमा भएको अभावलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको कालिका जेसीजका अध्यक्ष मेनुका थापाले बताइन् । कार्यक्रममा जनस्वास्थ्य मापदण्ड अपनाइएको पनि मेनुकाले जानकारी दिइन् ।नेपाल जेसीज बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनाल र कालिका नगरपालिकाको प्रमुख खुमनारायण श्रेष्ठको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । रगतदान गर्ने सम्पूर्णमा अध्यक्ष थापाले धन्यवाद व्यक्त गरेकी छिन् ।