समाचार

झापामा श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ

झापा । झापाको भद्रपुर नगरपालिकाबाट श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर १ लाहुरे चोकका ३४ वर्षीय अमरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए ।

तामाङ दम्पतीको सोमबार बिहान मोबाइल बिग्रिएको विषयमा विवाद भएको थियो । र सोही विवादका कारण अमरबहादुरले आफ्नी ३४ वर्षीया श्रीमती अनिता लिम्बुको हत्या गरेको प्रहरीले जनाएको छ ।

विवादका क्रममा अमरबहादुरले घाँटीमा चक्कु प्रहार गर्नुका साथै शरीरमा ढुंगा प्रहार गरेर अनिताको हत्या गरेको प्रहरीले जनाएको छ ।