झापा । नेपालका लागि सबैभन्दा धेरै इन्धन किफायती भएको पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गरेको छ । झापाका लागि सुजुकीको आधिकारिक बिक्रेता कपुरी ब्रदर्शले बिर्तामोडस्थित सुजुकी सोरुममा मंगलबार सुजुकी सेलेरियो कार सार्वजनिक गरेको हो ।

सुजुकी चारपांग्रे सवारी साधनको आधिकारिक वितरक तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले सुजुकी सेलेरियो कार देशभरि एकैदिन सार्वजनिक गरेको थियो ।
लक्ष्मी विकास बैंक बिर्तामोडका प्रबन्धक बुद्धिशेखर तिवारी, कपुरी ब्रदर्शका लक्ष्मीदेवी कपुरी र बिर्तामोड उद्योग वाणिज्य संघका उद्योग महासचिव कुशल खतिवडाले संयुक्त रुपमा सो गाडी सार्वजनिक गरेका हुन् । कार्यक्रममा कपुरी ब्रदर्शका संचालक रोशन कपुरीले राम्रो माइलेज दिने भएकाले सुजुकी सेलेरियो नै प्रयोग गर्न आग्रह गरे ।

सर्वाधिक माइलेज दिने सो गाडीको लो रनिङ कस्टका कारण बढ्दो पेट्रोलियम पदार्थको मूल्यवृद्धि भारबाट केहि राहत मिल्ने कम्पनीको बिश्वास रहेको छ । नयाँ सेलेरियोमा अतुलनीय ड्राइभिङ अनुभव, नयाँ थ्रीडी अर्गानिक स्कल्प्टेड डिजाइन, फस्र्ट–इन–सेगमेन्ट सुरक्षा र विभिन्न सुविधाहरू भएको कम्पनीले जनाएको छ ।
सेल्स एण्ड मार्केटिङका महाप्रबन्धक सिराज पन्तका अनुसार सेलेरियो नेपाली बजारमा निकै रुचाइएको पारिवारिक सवारी हो । न्यु जेनेरेशन सेलेरियोमा अझै धेरै माइलेज , बिना सम्झौताको सुरक्षा र सुविधाजनक फिचर रहेको छ साथै यसको नयाँ डिजाइनले ग्राहकलाई आकर्षित र उत्साहित गर्नेछ्र ।


