बाहुण्डाँगी । अर्जुनधारा जेसीजको आयोजनमा एकैदिन दुइ कार्यक्रम सम्पन्न भएको छ । शाखाले पहिलो कार्यक्रमका रुपमा संस्थाका कार्याकारीणी उपाध्यक्ष प्रेम खड्काको छोरी खुसी खड्काको जन्मदिनको अवसर पारेर अर्जुनधारा ६ स्थित कप्तानबारीमा रहेको बालआश्रममा खाद्यन्न वितरण तथा आश्रमका बालबालिकासँग भोजन खुवार जन्मदिन मनाएको थियो ।

शाखाले हरेक सदस्यहरुको परिवारमा भएको जन्मदिन विशेष गरेर मनाउने प्रचलन अनुसार यो पटक आश्रममा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष भिमबहादुर कुवँर (राजु) को सभापतित्वमा सम्पन्न कार्याक्रममा संस्थाका कार्यकारीणी उपाध्यक्षद्धय प्रेम खड्का र बिमला भट्राई, आश्रमका तर्फबाट उर्मिला राजवंशी, शर्मिला चापागाईलगायतको सहभागिता रहेको थियो ।
कार्याक्रमको सञ्चालन महासचिव बरुणकुमार माझीले गरेका थिए ।

यसैगरी, संस्थाले दोस्रो कार्याक्रमका रुपमा कनकाई ४ सुरुङ्गा निवासी सुभाष राउतको परिवारलाई आर्थिक सहयोग गरेको थियो । कतारमा कार्यरत राउतलाई केही महिना अघि कतार सरकारले फासीको सजाय सुनाएको थियो ।

मानवताको सेवा नै जीवनको कार्य हो भन्ने मुल नारा बोकेको जेसीजले निर्दाेश रहेका सुभाष राउतलाई फासीबाट मुक्त गर्न आग्रह गर्दै वीरता लेडी र अर्जुनधारा जेसीजले सयुक्त रुपमा ५७ हजार ५ सय रुपैया सहयोग गरेको थियो । उक्त कार्यक्रममा वीरता लेडीका तर्फबाट अध्यक्ष संगिता चिमरिया र अर्जुनधारा जेसीजका तर्फबाट भिमबहादुर कुँवरले रकम हस्तान्तरण गरेका थिए । उक्त रकम राउत परिवारलाई हस्तान्तरण गरे
का थिए । कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष समेत सहभागि रहेका थिए ।

