समाचार

एमसिसीको बिरोधमा भाेलि नेपाल बन्द

काठमाडौँ । सोमवार (भोली) नेपाल बन्दको घोषणा गरिएको छ । विप्लव नेतृत्वको नेकपासहित ६ राजनीतिक र दुई वटा मोर्चाले नेपाल बन्दको घोषणा गरेका हुन् ।

अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास गर्ने अन्तिम तयारी गरिरहेका बेलामा ६ पार्टी र दुई मोर्चाले नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

आज बसेको ६ राजनीतिक दल र दुई मोर्चाको संयुक्त बैठकले भोली नेपाल बन्द गर्ने निर्णय गरेको नेकपाका केन्द्रीय सदस्य सुमनसिह पाैडेले बताए ।

‘६ कम्युनिस्ट पार्टी र २ मोर्चाको बैठक सम्पन्न भएको छ ।’ उनले भने, ‘एमसीसी विरुद्ध आज देशब्यापी मशाल जुलुस वा जुलुस गर्ने र भोलि नेपाल बन्द गर्ने निर्णय भएको छ ।’ मोर्चाको आधिकारिक विज्ञप्ति भने आउन बाँकी छ ।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य ‘किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मोहाविक्रम सिंहको नेकपा (मसाल), ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टीले बन्दको आयोजना गरेका हुन् ।

त्यस्तै, कर्णजित बुढाथोकी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र समाजवादी, सीपी गजुरेलको देशभक्त जनगणतान्त्रिक मोर्चा, चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले बन्दको घोषणा गरेका हुन् ।

एमसीसी प्रतिनिधिसभाबाट आजै पास हुँदैछ । एमसीसीको विरोध गर्दै आएको नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले व्याख्यात्मक घोषणासहित पास गर्ने निर्णय गरेपछि आजै एमसीसी पास हुने भएको हो ।