झापा, मंसिर १४ । परिवर्तनको सुरुवात युवाबाटै गर्नुपर्छ भन्ने उद्देश्य राखेर काँकरभिट्टाका युवा लासाङ लामाले निजी लगानीमा जेब्रा क्रसिङ निर्माण गरेका छन् ।

उनले एक कार्यक्रम आयोजना गरी दुर्घटना न्यूनिकरणमा सघाउ पुर्याउने उद्देश्यले जेब्रा क्रसिङ निर्माण गरिएको बताए । सो कार्यक्रमका वक्ताहरुले युवाहरु कुलतमा फंसिरहेका बेला सचेतनामूलक कार्यको थालनी भएको बताएका थिए ।

सो अवसरमा झापा जिल्ला ट्राभल संघका अध्यक्ष नेत्र कार्की, मेची उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन निरौला, ट्राफिक प्रहरी नायव निरीक्षक कालीदास रेग्मी, होटल व्यवसायी संघका ध्रुव गिरी, ढाका होटलका हरि कँडेललगायतको उपस्थिति थियो ।
उक्त कार्यक्रमको सञ्चालन अभिजित दवाडीले गरेका थिए ।

