संघ \संस्था

अर्जुनधारा जेसीजलाई फेब्रुवरी महिनाको जेसीज अफ द मन्थको अवार्ड

बाहुण्डाँगी । अर्जुनधारा जेसीज फेब्रुवरीमहिनाको उत्कृष्ट शाखाको रुपमा सम्मातिन भएका छ । नेपाल जेसीजको काठमाडौँमा सम्पन्न लोम नोम लिडर्स एकाडेमीको समारोहमा एरिया ए को उत्कृष्ट शाखा घोषित गर्दै अवार्ड प्रदान गरिएको हो । हरेक महिना शाखाले गरेको कार्यसम्पादनका आधारमा नेपाल जेसीजबाट अवार्ड प्राप्त हुने गर्छ । जस अनुसार अर्जुनधारा दोस्रो महिनाको उत्कृष्ट शाखा बनेको हो । जनवरीमा चारआली जेसीज उत्कृष्ट बनेको थियो । अर्जुनधाराले भारत र नेपालका सुरक्षाकर्मीहरुबिच कोरोना न्यूनिकरण सम्बन्धि अभिमुखीकरण, खोलामा काम गर्ने मजदुरलाई औजार वितरण, लागु औषध न्यूनिकरण गोष्टि, अर्जुनधारा मन्दिर सरसफाइ, लोम तालिम, विभिन्न व्यक्तिलाई सम्मानलगायतका १४ वटा कार्यक्रम सम्पन्न गरेको थियो ।


शनिवार होटल एल्लो पेगोडमा अर्जुनधारा जेसीज २०२२ का अध्यक्ष भिमबहादुर कुँवर (राजु) लाई नेपाल जेसीजका अध्यक्ष सिनेटर लालमणी भण्डारी र एरिया ए का निरुपित कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र तिम्सिनाले अवार्ड प्रदान गर्नु भएको थियो । अध्यक्ष कुँवरले शाखाले गरेको कामको मुल्याङन गरी अवार्ड प्रदान गर्नु भएकोमा नेपाल जेसीज परिवारलाई धन्यवाद दिँदै आउँदा दिनका लागि अझ उर्जा मिलेको बताउनु भयो ।