बाहुण्डाँगी । म्याग्दी जेसीजले फेब्रुवरी महिनाको उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको छ । नेपाल जेसीजको काठमाडौमा सम्पन्न लोम नोम लिडर्स एकाडेमीमा एरिया बि का शाखाहरु मध्ये फेब्रुवरी महिनामा उत्कृष्ट कार्य गरेको मुल्याङ्कनका आधारमा म्याग्दीलाई जेसीज अफ द मन्थको अवार्ड प्रदान गरेको हो । समारोहमा शाखाका अध्यक्ष सन्दिप खत्रीलाई नेपाल जेसीजका अध्यक्ष सिनेटर लालमणी भण्डारी तथा निरुपित कार्यकारीणी उपाध्यक्ष सुनिल तिम्सिनाले अवार्ड प्रदान गर्नु भएको हो । म्याग्दीले यो महिना ढोल्ठान राजदारबारको प्रबद्र्धन, विद्यालयलाई शैक्षिक सामाग्री वितरण, डस्विन वितरणलगायतका विभिन्न कार्यक्रम सम्पन्न गरेको थियो । यो महिना प्राप्त अवार्डले अझ उर्जा मिलेको शाखाका अध्यक्ष खत्रीले बताउनु भयो ।

