विविध

झापामा लागूऔषधसहित दुई भारतीय पक्राउ

झापा । प्रतिबन्धित लागूऔषधसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

बिहीबार भद्रपुर ३ स्थित नेपाल–भारत सीमाक्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका भारत किसनगंज भादगाउँ पंचायत १२ निमुगढी बस्ने २७ वर्षीय फोगडा किस्कु र सोही ठाउँ बस्ने २९ वर्षीया रीता मर्डी लागूऔषधसहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट महेशपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लुपिजेसिक १९२ एम्पुल, फेनारगन १३२ एम्पुल लागूऔषधसहित फेला परेको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।