कनकाई । झापाको कनकाई नगरपालिका वडा नं.–१ मा काँग्रेस जिल्ला सभापती देउमान थेवेबाट एकै दिन १ यस ८८ जना नयाँलाई पार्टीमा प्रेवेश गराउदै पार्टीको टिकट प्रदान गर्दै खादा र अविरलगाई स्वागत गर्नु भएको थियो।
हिजो (शुक्रबार) नेपाली काँग्रेस कनकाई नगरपालिका वडा नं.–१ द्वारा आयोजित कार्यक्रम बाट विगत सयम देखी विभिन्न पार्टीहरु नेकपा एमाले, ने.क.पा. माओवदी तथा रा.प्र.पा. नेपाल जस्ता पार्टीको विभिन्न पदमा रहेर सक्रिय कार्यकर्ताको भुमिका निर्वाह गर्नुहु्ने व्यक्तिहरुले नेपाली काँग्रेसको सदस्यता लिएर पार्टी प्रवेस गरेको काग्रेश वडा न; १ का सभापति मनोज बस्नेले जानकारी दिनुभयो । कार्यक्रममा धिरेन गुरुङ्ग, भिम नेपाली, टिकामाया दर्जी, परि वि.क. लगायत सम्पूर्ण टोल सभापती तथा पदाधिकारीहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएको नेतृ निर्मला ढकालले जानकारी दिनु भयो।

कनकाई १ स्थित कालिका सामुदायिक हलमा सम्पन्न उक्त कार्यक्रममा २ सय ५० बढीको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि देउकाुमार थेवेले सम्पिूर्ण नव प्रवेशीहरुलाई निस्वार्थरुपमा काँग्रेसप्रति विश्वस्त भएकोमा धन्यवाद व्यक्त गर्दै तपाईहरु प्रति यो विश्वासलाई कायम रहनका लागी आफ्नो व्यत्तिगत तवर वाट तथा सिंगो पार्टीको तर्फवाट कुनै पनि कसुर बाँकी नराख्ने कुराको प्रतिवद्ध व्यक्त गर्नु भयो ।
उहाँले वडा समितिलाई प्रवेश मात्र नभई सक्षम कार्यकर्ताहरुलाई क्षमताको आधारमा जिम्मेवारी पनि उतिकै प्रदान गरेर पार्टी सुदृढिकरणका लागि लाग्नु पर्नेमा जोड दिनु भयो । त्यस्तै कार्यक्रममा सम्वोधन गर्दै वडा प्रतिनिधि तथा जिल्ला सदस्य लीलाप्रसाद चिमरियाले पार्टी संगठन तथा कार्यकर्ताको हित र आगामी चुनावमा काँग्रेसको जितका निमित्त हामीले जस्तो सुकै सामना खेप्नु परे पनि तयार रहनका लागि आवहान गर्नु भयो ।
कनकाई नगर सभापती दुर्गाप्रसाद प्रसाईले नव प्रवेशीहरुलाई स्वागत गर्दै सम्पूर्णको सारा–गारा र अफ्ठ्याराहरुमा साथ दिनका लागि नेपाली काँग्रेस वडा समिति तथा सिगो नगर सदैव हाजिर हुने व्यक्त गर्नु भएको थियो । व्यानर वाचन गरेर उद्घाटन गरिएको कार्यक्रमको औचित्य प्रति वडा सभापती मनोज बस्नेतले प्रकास पार्नु भएको थियो । पदेश अधिवेशन प्रतिनिधि मनोज कुमार पोखरेल, क्षेत्रिय वडा प्रतिनिधि वर्षा श्रेष्ठ, नगर समिति तर्फका वडा प्रतिनिधि हर्क ल्वागुन, शिक्षक संघ तर्फवाट मतदाता सर्वेक्षणका लागि प्रतिनिका रुपमा चुडामणी ढकाल समेतको सहभागिता रहेको थियोे ।
वडा उप–सभापती नरपती पाण्डेको स्वागत र दुर्गा निरौला लगायतले आ-आफ्नो धारणा राख्नु भएको थियो ।

