राजनीति

काँग्रेसद्वारा प्राज्ञिक एंवम प्रवुद्ध व्यक्तिसंग पार्टीको वर्तमान अवस्था र भावी रणनिती सम्बन्धी अन्तरक्रिया

झापा नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं ४ “क” प्रदेश सभा क्षेत्रिय कार्यसमिती झापाकाे आयोजनामा “प्राज्ञिक एंवम प्रवुद्ध व्यक्तित्वहरुसंग पार्टीको वर्तमान अवस्था र भावी रणनिती विषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ ।

शिवसताक्षी नगरपालिका वडा नं ६ स्थित जन आदर्श माविको सभा हलमा सम्पन्न कार्यक्रमको प्रदेश ४ “क” सभापति विनोद ढकालको सभापतित्व तथा प्रदेश १ का सदस्य किरण भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला सह–सचिव कमल प्रसाद भण्डारी, महाधिवेशन प्रतिनिधिहरू पर्शुराम ढुंगाना, भक्ती प्रसाद सिटौला, कार्तिकलाल राजवंसी, सन्तोष मेन्याङ्वो, चन्द्रमणी नेपाल, मिता सिटौला र शिवसताक्षी नगर सभापति अशोक बस्नेतलगायतको आतिथ्यता रहेको थियो ।

एक जना ईन्जिनियर, दुई जना अधिवक्ता, चार जना प्राध्यापक र दश जना शिक्षक–शिक्षिकाहरुले स्थानिय तहको निर्वाचनमा विजय गराउन अपनाउनुपर्ने रणनिती र सुझाव राख्नुभएको थियो । कार्यक्रममा ८४ जना प्राज्ञिक एंवम प्रवुद्ध व्यक्तित्वहरुको उपस्थिती रहेको थियो।