बाहुण्डाँगी । बुटवल लेडी जेसीजले पब्लिक स्पिकिङ वर्कसप सम्पन्न गरेको छ। बुटवलमा भएको वर्कसपमा डब्लु डब्लु जेका रूपन्देहीका अध्यक्ष तथा रेडियो मुक्तीका स्टेशन म्यानेजर कल्पना तिवारीले सहजीकरण गरिन् ।
संस्थामा आवद्ध सबै सदस्यहरु सक्षम र शसक्त बनाउन तालिम चलाएको बुटवल लेडी जेसीजका अध्यक्ष अनुपमा श्रेष्ठले बताउनु भयो ।
बुटवल लेडी जेसीजका अध्यक्ष अनुपमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन रीमा गिरी र महासचिव संगीता ढकालले संचालन गरेकी थिइन् । तालिममा २५ जनाको सहभागिता रहेको थियो ।

