संघ \संस्था

बुधबारे जेसीजद्वारा जेसीज सदस्य परिवारलाई उपचारका लागि ५७ हजार सहयोग

बाहुण्डाँगी । बुधबारे जेसीजले १० महिने नानीको उपचारका लागि ५७ हजार ५ सय ५ रुपैँया आर्थिक सहयोग गरेको छ ।

मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने भावनाका साथ सामाजिक गतिविधि गर्दै आएको बुधबारे जेसीजले बुधबारे जेसीजका सचिव चन्द्रकान्त वाग्लेको छोरीको मुटुको उपचारका लागि उपचार खर्चबापत सो सहयोग गरेको बुधबारे जेसीजका अध्यक्ष मुकेश भट्टराईले जानकारी दिए । सो सहयोग रकम जेसीजमा आवद्धहरुबाट संकलन गरेर विरामीको परिवारलाई प्रदान गरिएको कार्यक्रम संयोजक बिनोद रिजालले बताए ।

नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष कुमारसिँह साँवाको प्रमुख आतिथ्यता र अर्जुनधारा जेसीजका अध्यक्ष भीमबहादुर कुँवर राजुको विशिष्ठ आतिथ्यतामा बुधबारे जेसीजका निर्वतमान अध्यक्ष अनिल वाग्ले, पूर्व अध्यक्ष रमेश बराल, नन्दकुमार यापूm राई लगायतको आतिथ्यतामा सहयोग रकम हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको महासचिव अर्जुन ढकालले जानकारी दिए । बुधबारे जेसीजका कोषाध्यक्ष विनोद रिजालले स्वागत मन्तव्य राखेको कार्यक्रममा आस्था बाचन गजुहाङ योङहाङ तथा सञ्चालन महासचिव ढकालले गरेका थिए ।

निरुपित राष्ट्रिय उपाध्यक्ष कुमारसिँह साँवा लिम्बुको च्याप्टर भिजिटको अवसर पारेर सो कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ठ अतिथि, पूर्व अध्यक्ष राई, निवर्तमान अध्यक्ष वाग्ले लगायतले मन्तव्य राखेका थिए ।