बाहुण्डाँगी । २०१० मा स्थापना भएको बाहुण्डाँगी जेसीजले त्यस समयमा निर्माण गरेको विधान २०२२ मा सम्सोधन गरेको छ । मंगलवार शाखाले विशेष साधारणसभाको आयोजना गरेर सम्सोधित विधान २०२२ पास गरेको छ ।
बाहुण्डाँगीको हात्ती रिसोर्टमा आयोजित साधारणसभामा सहभागि सदस्य संख्याको बहुमतले उक्त विधानमा भएका संसोधित बुँदाहरु माथि छलफल गर्दै पास गरेको हो ।

शाखाका २०२२ का कानुनी सल्लाहकार तथा विधान सम्सोधन समितिका संयोजक देबु बानियाँले उक्त विधान साधारणसभामा पेश गरेका थिए । सहभागि सदस्यले हरेक बुँदामा छलफल गर्दै अध्यक्ष मार्फत पास भएको घोषणा गरेका थिए । संस्थाको २०१० मा निर्माण भएको विधान स्पष्ट नहुँदा शाखामा यस अघि समस्या आइपरेको थियो । अब संस्थाले यहि विधानलाई आधार मानेर आगामी वर्ष सञ्चालन गर्नेछ । छलफलमा शाखाका संस्थापक अध्यक्ष नविन बराल, पूर्व अध्यक्षहरु सन्तोष सुवेदी बद्री निरौला, जीवन मोते, कञ्चन उप्रेतीलगायतले विधानमा आएका बुँदाहरुमा जिज्ञासा राखेका थिए भने उठेका विषयहरुमा पूर्व अध्यक्ष तथा संसोधन समितिका सल्लाहकार पुष्कर ढकाल, संस्थाका अध्यक्ष हेमन्त मोक्तान तथा कानुनी सल्लाहकार देबु बानियाँले स्पष्ट पारेका थिए ।
संस्थापक अध्यक्ष बरालले विधान संसोधनले संस्थालाई जीवन्त बनाएको बताउँदै आगामी दिनमा संस्था अझ मजबुत भएको बताए । संसोधित विधान नेपाल जेसीजमा पठाउने र नेपाल जेसीजले स्वीकृत गरेका दिनदेखि लागु हुने बताइएको छ ।

संसोधित विधानमा उम्मेदवारको योग्यता, साधारणसभा, सदस्यता, जग्गा, भवन निर्माण, अक्षयकोष, पूर्व अध्यक्ष क्लब, आजीवन सदस्य, मानार्थ सदस्यलगायतका विषयहरु समावेश गरिएको छ । देबु बानियाँ संयोजक रहेको समितिमा कार्याकारीणी उपाध्यक्ष नित्यानन्द चम्लगाई र बेग सुनुवार रहेका थिए भने सल्लाहकारमा पूर्व अध्यक्षहरु बद्री निरौला र पुष्कर ढकाल रएका थिए ।
शाखाका अध्यक्ष हेमन्त मोक्तानको सभापतित्व तथा संस्थापक अध्यक्ष बरालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा आस्थापाठ देबु बानियाँ, स्वागत केवल निरौला र सञ्चालन महासचिव प्रविण भण्डारीले गरेका थिए ।

