अर्थ

आगलागीबाट मर्डी परिवारको बिचल्ली, सहयोग गरिदिन आग्रह

मेचीनगर । तीन महिना नपुग्दै दुई पटक आगलागी हुँदा झापा मेचीनगकी बच्चामाया मर्डीको बिचल्ली भएको छ । आर्थिक अवस्था कमजोर रहेकी मेचीनगर १४ प्रणामी टोल स्थित मजदुर टोलकी मर्डी बारम्बार आगलागीबाट पिडित भएपछि अहिले समस्यामा परेकी हुन् ।

गत माघ १४ गते आगलागी हुँदा घरसंगै नगद ६ लाख सहित भए भरका लत्ताकपडा, भाडाकुडा, कागजात जलेर पुरै नष्ट भएको थियो । घर जलेर नष्ट भएपछि घरबार विहिन बनेकी मर्डीलाई त्यसबेला विभिन्न संघसंस्थाले सहयोग गरेर बाँस बस्ने व्यवस्था मिलाउनाका साथै आवश्यक लत्ताकपडा, भाडाकुडाको व्यवस्था गरिसदएको थियो । तर, त्यो तीन महिना पनि बित्न नपाउदै आज आगलागी हुँदा दिदी फेरी घरबार विहिन बन्न पुगेकी बच्चामायाकी भाई भुपेश मर्डी बताउँछन् ।

आगलागीबाट घरसंगै नगद, भए भरका लत्ताकपडा, भाडाकुडा, कागजात, खाने अन्नलगायत लाखौंको क्षति भएको छ । सबै जलेर खरानी भएपछि अब दुई छोरासहित आफु कहाँ बस्ने, के खाने ठुलो चिन्ता भएको उनी बताउँछिन् । साथै आर्थिक अवस्था कमजोर रहेका कारण आाफुलाई सबैले सकेको सहयोग गरिदिन पनि अनुरोध गरिन् ।