राजनीति

गठबन्धनबाट योगेनको नेतृत्वमा मेचीनगर ५ मा उम्मेद्वारी

मेचीनगर । आसन्न निर्वाचनमा मेचीनगर ५ मा गठबन्धनको तर्फबाट योगेन थापामगरको नेतृत्वमा उम्मेद्वारी दर्ता गरेको छ ।

यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनको तर्फबाट वडाध्यक्षमा काँग्रेसका योगेन थापामगर, खुल्ला महिला सदस्य तर्फ दुर्गा देवकोटा (आचार्य) र दलित महिला सदस्यतर्फ चन्द्रकला विश्वकर्मा छनोट भएका छन् । त्यस्तै वडा सदस्यमा माओवादी केन्द्रबाट उमेश उप्रेती र जनता समाजवादीबाट शुभास सुब्बा छनोट भएका छन् ।