अर्जुनधारा । नेकपा एमाले अर्जुनधाराको घरदैलो कार्यक्रम उत्साहकासाथ चलिरहेको छ । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा अत्याधिक बहुमतकासाथ विजयी हुने लक्ष्य स्वरुप एमालेले र्जुनधारा नगरपालिकामा घरदैलो कार्यक्रम गरिरहेको छ । एमालेले आज अर्जुनधारा नगरपालिकाको ८ र ५ नम्बर वडामा घरदैलो गरेको हो । घरदैलोमा मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङ र उपमेयर Read More…
Day: April 27, 2022
शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं । शनिबार मात्र सार्वजनिक बिदा दिँदै आएको सरकारले अब आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन (आइतबार र शनिबार) सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले सार्वजनिक बिदा जेठ १ गतेदेखि लागू हुने निर्णय गरेको छ ।
सहिद पाण्डेलाई श्रद्धाञ्जली दिएर प्रचार अभियान शुरु
संगीता उप्रेती कनकाई । नेकपा (एमाले) कनकाईले सहिद लक्ष्मी पाण्डेको शालिकमा माल्यार्पण गरी सहिदहरूलाई श्रद्धाञ्जली दिएर चुनाव प्रचारप्रसार अभियान विधिवत उद्घाटन गरेको छ । बुधबार बिहान सहिद पाण्डेको शालिक परिसरमा एक औपचारिक कार्यक्रम आयोजना गरी स्थानीय चुनावको प्रचारप्रसार शुरु गरियो । नेकपा एमाले कनकाई नगर कमिटी अध्यक्ष खड्गप्रसाद प्रसाईले सहिदको शालिकअघि उभिएर देश र जनताको Read More…
गठबन्धनबाट गिरीराजको नेतृत्वमा मेचीनगर ८ मा उम्मेद्वारी
मेचीनगर । आसन्न निर्वाचनमा मेचीनगर ८ मा गठबन्धनको तर्फबाट गिरीराज धमलाको नेतृत्वमा उम्मेद्वारी दर्ता गरेको छ । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनको तर्फबाट वडाध्यक्षमा काँग्रेसका गिरीराज धमला, खुल्ला महिला सदस्य तर्फ पिङ्गला बाराकोटी र सदस्य तर्फ हरदेब राजवंशी छनोट भएका छन् । त्यस्तै दलित महिला सदस्यतर्फ माओवादीकी तुलसा पौडेल नेपाली र Read More…
गठबन्धनबाट योगेनको नेतृत्वमा मेचीनगर ५ मा उम्मेद्वारी
मेचीनगर । आसन्न निर्वाचनमा मेचीनगर ५ मा गठबन्धनको तर्फबाट योगेन थापामगरको नेतृत्वमा उम्मेद्वारी दर्ता गरेको छ । यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनको तर्फबाट वडाध्यक्षमा काँग्रेसका योगेन थापामगर, खुल्ला महिला सदस्य तर्फ दुर्गा देवकोटा (आचार्य) र दलित महिला सदस्यतर्फ चन्द्रकला विश्वकर्मा छनोट भएका छन् । त्यस्तै वडा सदस्यमा माओवादी केन्द्रबाट उमेश उप्रेती Read More…





