राजनीति

सरकार विरोधी कांग्रेसको प्रदर्शन आज

झापा, मंसिर २९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । झापामा पनि विर्तामोड देखि सुरुङ्गासम्म बृह्त र्याली गर्ने कांग्रेस झापा समितिले जनाएको छ ।

सरकारविरुद्ध एकसाथ देशभर विरोध प्रर्दशनमा नेपाली कांग्रेसले सोमबार काठमाडौंलगायत सबै क्षेत्रमा सरकारले गरेको भ्रष्टाचार र ज्यादती, बिरुद्ध आवाज बुलन्द गर्दै सरकारको चर्को आलोचना गर्ने कार्यक्रम रहेको कांग्रेसको एक नेताले बताए ।

अहिलेको सरकार सामन्तबाद तिर लम्कदै एकलौटी देशलाई लादेर अगाडी बढीरहेको आरोप लगाउदै कांग्रेस नेताहरुले सर्वसत्तावादी सोच तत्काल नत्यागे रुँदै सत्ता छोडन सरकार बाध्य हुने चेतावनी दिएका छन् ।