मेचीनगर । आसन्न निर्वाचनमा मेचीनगर ८ मा गठबन्धनको तर्फबाट गिरीराज धमलाको नेतृत्वमा उम्मेद्वारी दर्ता गरेको छ ।
यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनको तर्फबाट वडाध्यक्षमा काँग्रेसका गिरीराज धमला, खुल्ला महिला सदस्य तर्फ पिङ्गला बाराकोटी र सदस्य तर्फ हरदेब राजवंशी छनोट भएका छन् ।
त्यस्तै दलित महिला सदस्यतर्फ माओवादीकी तुलसा पौडेल नेपाली र सदस्य तर्फ समाजवादीका पवन मेचे छनोट भएका छन् ।


