समाचार

कमल गाउँपालिका १ मा कांग्रेसको प्यानल नै विजयी

झापा । झापाको कमल गाँउपालिका वडा नम्वर १ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ । काँग्रेसबाट वडा अध्यक्षमा उम्मेद्वार बनेका केदार कटुवाल विजयी भएका हुन् ।

उनले १ हजार ७ सय ८६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्यामबहादुर कार्कीले १हजार ६३ मत ल्याए । अन्य चार सदस्य पनि कांग्रेसले जितेको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धन नै अगाडि छ ।