समाचार

कनकाईको मेयरमा एमालेका राजेन्द्र पोखरेल निर्वाचित

झापा । झापा कनकाई नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार राजेन्द्र पोखरेल निर्वाचित भएका छन् । भर्खरै सम्पन्न मतगणना अनुसार पोखरेल निर्वाचित भएका हुन् ।

यस्तै उपमेयरमा नेपाली काङ्ग्रेसको उम्मेदवार आशा शर्मा शिवाकोटी निर्वाचित भएकी छन् ।