संघ \संस्था

गछिया जेसीजको ९ औँ स्थापना दिवस

बाहुण्डाँगी । मोरगंको गछिया जेसिजले आफनो ९औं जन्मोत्सव एक कार्यक्रमको आयोजना गरि मनाएको छ । नेतृत्व तथा व्यक्तित्व विकासका साथै सामाजिक गतिविधि गर्दै आएको गछिया जेसिजले एक औपचारिक कार्यक्रमको आयोजना गरि जन्मोत्सव मनाएको हो ।

शाखाका अध्यक्ष मदन दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी गछिया जेसिजका सस्थापक अध्यक्ष दुर्गा प्रसाद घिमिरे लगायतले केक काटेका थिए ।

विगत ९वर्ष देखि गछिया क्षेत्रमा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको गछिया जेसिजका वर्ष २०२२का अध्यक्ष मदन दहालले विपदमा परेकाहरुलाई खाद्यान्न सहयोग गर्ने देखि लिएर युवाहरुलाई नेतृत्व तथा व्यक्तित्व विकासका लागि तालिम प्रदान गर्दै आएको वताए ।

कोरोना कहरले सवै क्षेत्र तहसनहस वनाएको अवस्थामा पनि गरिव विपन्न वर्गका मानिसहरुलाई चामल वितरण गर्ने काम समेत गछिया जेसिजले गरेको थियो । विगतमा गरेका कामहरुको स्मरण गर्दै सस्थापक अध्यक्ष दुर्गा प्रसाद घिमीरे गछिया जेसिजले युवाहरुलाई नेतृत्व विकासका लागि तालिम सञ्चालन गर्दै आएको तथा व्यक्तिमा निहित क्षमता प्रस्फुटन गराउने काम गर्दै आएको वताए ।

कार्यक्रममा निर्वतमान रविन सिटौला पुर्व अध्यक्षहरु मनोज रेग्मी ,लक्ष्मी न्यौपाने, नेत्रप्रसाद दुलाल ,बोधराज रिजाल कानुनि सल्लाहकार प्रदिप विष्ट उपाध्यक्ष पप्पु साह सदस्य नवराज पोखरेल लगायतको उपस्थिती रहेको थियो ।

गछिया जेसिज सुन्दरहरैचा नगर क्षेत्रमा सामाजिक मानविय सेवाका क्षेत्रमा अग्रपंतीमा रहेर सहभागिता जनाउदै आएको छ ।

जन्मोत्सव कार्यक्रमका संयोजक संयोग ढकालको रहनु भएको थियो । कार्यक्रममा गछिया जेसिजका पुर्व पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।