बाहुण्डाँगी । चितवनको माडी जेसीजलाई मे महिनाको जेसीज अफ द मन्थको अवार्ड प्रदान गरिएको छ । नेपाल जेसीजद्धारा हरेक महिना उत्कृष्ट शाखाहरुलाई वितरण गर्दै आएको उक्त अवार्ड शनिवार सार्वजनिक गरिएको थियो । जसमा क्षेत्र ख का शाखाहरु मध्ये माडी जेसीजले मे महिनाको अवार्ड प्राप्त गरेको हो ।
एक महिनाको अवधीमा शाखाले गरेको कार्यसम्पादनका आधारमा मुल्याङ्कन गरेर उक्त अवार्ड प्रदान गरिन्छ । राष्ट्रिय महासचिव कृष्ण सापकोटाले रिपोर्टका आधारमा बिरेन्द्रनगरले क्षेत्र ख को उत्कृष्ट शाखा भएको र अवार्ड प्रदान गरिएको बताउनु भयो ।
शाखाका अध्यक्ष शोभाकर अधिकारीले शाखाको कार्यलाई मुल्याङ्कन गरी नेपाल जेसीजले दिएको यो अवार्डले थप उर्जा मिलेको बताउनु भयो ।

