बाहुण्डाँगी । पूर्वी चितवनको कालिका जेसिजले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेको छ । जेसिजले आज ९आइतबार० कालिका ४ स्थित पदमपुर सामुदायिक वनमा रहेको लट्टेश्वर मन्दिर परिसरमा वृक्षारोपण गरेको हो ।
मन्दिर परिसरमा बिभिन्न जातीका ६० विरुवा रोपिएको कालिका जेसीजकी जेसी अध्यक्ष मेनुका थापा अधिकारीले जानकारी दिईन् । कार्यक्रममा कालिका ५ का वडाअध्यक्ष दिपक बहादुर भट्टराईले वातावारण स्वच्छ र सफा राख्न वृक्षारोपण आवश्यक रहेको बताए ।
कार्यक्रममा पदमपुर सामुदायीक बनका अध्यक्ष सन्त कुमार चौधरी, कालिका जेसीजका कानुनी सल्लाहकार जेसी अमृत अमगाई जेसिजका पदाधिकारी लगायत उपस्थित थिए ।

