संघ \संस्था

बेथानचोकको जेसीज सप्ताहमा ६६ जनाले गरे रक्तदान

बाहुण्डाँगी । बेथानचोक जेसीजको जारी जेसीज सप्ताहमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६६ जनाले रक्तदान गरेका छन् ।
सप्ताह अन्तर्गत शनिवार रेडक्रस सोसाईटी काभ्रे र बेथानचोक हेल्थ केयरको प्राविधिक सहकार्यमा रक्तदान सम्पन्न भएको हो ।


शाखाका अध्यक्ष डिगमान लामाको सभापतित्व तथा नेपाल जेसीज २०२१ मा महासचिव जेसीआई सिनेटर विकास मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काभ्रे जेसीजका पूर्व अध्यक्ष इन्द्र भैल, बेथानचोक जेसीजका २०२० का अध्यक्ष राजेश तिमल्सिनालगायतले मानवताको सेवामा गरेको कार्यप्रति प्रशंसा गर्दै निरन्तर सामाजिक अभियानमा लाग्न आग्रह गर्नु भएको थियो । कोषाध्यक्ष विनोद श्रेष्ठको संयोजनमा भएको कार्यक्रमको सञ्चालन महासचिव प्रदिप आचार्यले गर्नु भएको थियो ।

सप्ताह अन्तर्गत शुक्रवार गणेश माविमा स्टेसनी सामाग्री वितरण गरिएको थियो भने आइतवा शाखाका सचिवालयमा अन्तक्रिया कार्यक्रमको आयोजना गरिने अध्यक्ष लामाले बताउनु भयो ।