बाहुण्डाँगी । रामनगर जेसीजले आयोजना गरेको १ दिने शेयर बजार तालिम सुनवलमा सम्पन्न भएको छ ।
सुनवल नगरपालिकाका नगर उपप्रमुख सुर्य प्रसाद दुबेको प्रमुख आतिथ्यतामा तथा जेसिआइ दमक का पूर्ब अध्यक्ष तथा शेयर बजारका प्रशिश्रक सुबास चन्द्र भट्टराईकोप्रमुख प्रशिश्रणमा तालिम सम्पन्न भएको हो । कार्यक्रममा इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख बिष्णु पौडेल, रामनगर जेसीजका निवर्तमान अध्यक्ष देबिकला शर्मा, पूर्ब अध्यक्ष भोजराज पौडेल, मानार्थ सदस्य तिलकराम बस्याल,बोर्ड सल्लाहकार युबराज भुसालको आतिथ्यता रहेको थियो । शाखाका अध्यक्ष जयराम बस्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सैयोजक तारा पाण्डेय रहनु भएको थियो ।

