खेलकुद

आईपीएल: दिल्लीलाई हराउदै मुम्बई शीर्ष स्थानमा

काठमाडौं, असोज २६ । मुम्बई ईण्डियन्स ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । पछिल्लो खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउदै मुम्बईले दिल्लीलाई नै नेटरनरेटले पछाडी पार्दै शीर्ष स्थानमा पुगेको हो ।

दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले २ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो । उसको जितमा क्विन्टन डि कक र सुर्यकुमार यादवले समान ५३ र ईशान किशानले २८ रनको योगदान गरे । क्रुनल पाण्डेया १२ र कायरन पोलार्ड ११ रनमा अबिजित रहदै टोलीलाई जितसम्म पुर्याए । दिल्लीका कासीगो राबाडाले २ तथा अक्सर पटेल, रबीचन्द्र आश्विन र मार्कुस स्टोईनिसले समान एक विकेट लिए ।

यसअघि आबुदाबीस्थित शेख जायेद अन्तराष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङमा उत्रिएको दिल्लीले ४ विकेट गुमाएर १ सय ६२ रनको मध्यम योगफल तयार पारेको थियो । शिखर धवनले नटआउट ६९ रन बनाएको ईनिङसमा श्रेयस ऐरले ४२ रन बनाए । अजक्थ्या रहानले १५, एलेक्स केरीले १४ र मार्कुस स्टोईनिसले १३ रन जोडे ।

मुम्बईका क्रुनल पाण्डेयाले २ तथा ट्रेन्ट बोउल्टले १ विकेट लिए । दिल्लीका एक ब्याट्सम्यान रनआउट भएका थिए । ७ खेलबाट दुबै टोलीको समान १० अंक भएको छ ।
आईपीएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैङलोर र कोलकत्ता नाईट राईडर्स प्रतिस्पर्धा गर्नेछन् ।