समाचार

कात्तिक मसान्तसम्म अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, असोज २६ । सरकारले कात्तिक मसान्तसम्म अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले जोखिमको अवस्था कायमै रहेको र भारतमा पनि कोरोना संक्रमण बढिरहेकाले सीमा बन्द गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य

सोमबार झापामा थपिए ११ जना कोरोना संक्रमित

झापा, असोज २६ । सोमबार झापाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिकाका १ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको हो। त्यस्तै अर्जुनधारा नगरपालिकाका १ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको छ। दमक नगरपालिकाका २ महिला र २ पुरुषमा संक्रमण देखिएको हो। झापामा हालसम्म २२० जना सक्रिय Read More…

स्वास्थ्य

सोमबार थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं, असोज २६ । नेपालमा आज ४ हजार ४७ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या एक लाख ११ हजार ८०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनामा काेराेना भाइरसकाे संक्रमण Read More…

अर्थ

चाडपर्व नजिकिँदै जाँदा महँगीको मारमा उपभोक्ता

काठमाडौं, असोज २६ । दशैँ लगायतका चाडपर्व नजिकिँदै जाँदा उपभोक्ता भने महँगीमा मारमा परेका छन् । कोरोनाका कारण काम र दाम दुवै गुमाएका उपभोक्ता दैनिक उपभोग्य वस्तु दाल र तेललगायतको मूल्य बढेपछि महँगीमा पिल्सिन थालेका हुन् । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्ला दुई महिनामा दाल प्रतिकिलो १० रुपैयाँसम्म, हरियो केराउ प्रतिकेजी ३५ रुपैयाँ र Read More…

खेलकुद

आईपीएल: दिल्लीलाई हराउदै मुम्बई शीर्ष स्थानमा

काठमाडौं, असोज २६ । मुम्बई ईण्डियन्स ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । पछिल्लो खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउदै मुम्बईले दिल्लीलाई नै नेटरनरेटले पछाडी पार्दै शीर्ष स्थानमा पुगेको हो । दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले २ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो । उसको जितमा क्विन्टन डि Read More…