शिक्षा

नगर प्रमुख आचार्यद्वारा बाल सुवोधिनी माविको उद्घाटन, आजदेखि मावि तहको पढाई हुने

मेचीनगर, माघ ११ । झापाको मेचिनगर–१४ मा रहेको दुहागढिको बाल सुवोधिनी माध्यमिक विद्यालय आज विधिवत रुपमा उदघाटन भएको छ । मेचीनगर –१४ स्थित दुहागढीमा रहेको बाल सुबोधिनी माध्यमिक विद्यालयको आज मेचिनगर नगरपालिका नगर प्रमुख विमल आचार्यले उदघाटन गरेका हुन ।

यस अघि निमावि तहसम्म पढाइ भइरहेको विद्यालय आजबाट औपचारिक रुपमा ९ कक्षा सम्म पढाइ हुने भएको छ भने अर्को बर्षदेखि १० कक्षा सम्म पढाइ हुने भएको हो ।

स्कुल ब्यवस्थापन समितिका अध्यक्ष बाबुलाल सुब्बाको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि मेचिनगर नगरपालिका नगर प्रमुख विमल आचार्य, विशिष्ट अतिथि उप(प्रमुख मिना उप्रेती, विशेष अतिथि नगर शिक्षा प्रमुख होम भण्डारी , विशेष अतिथि १४ नम्बरका वडा अध्यक्ष शंखरप्रसाद पोख्रेललगायतको उपस्थिति रहेको थियोे ।

उदघाटन कार्यक्रमको सञ्चालन प्राध्यापक विश्व थापाले गरेका थिए भने स्वागत मन्तब्य स्कुल ब्यवस्थापन सदस्य मुनिलाल राजवंशीले गरेका थिए ।