मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले महिलालाई आर्थिक रूपमा समान अधिकार स्थापित गर्न सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
बिहीबार दुर्गेश्वरी कृषि सहकारी संस्थाको १४औं बार्षिक साधारण सभामा बोल्दै नगरप्रमुख बुढाथोकीले सहकारीले महिला र पुरूष बीचको आर्थिक समान्ता कायम गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए ।

संस्थाले साधारणसभाको अवसरमा ५ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा जेष्ठ नागरिक सम्मानबाट गठेन मेचे चौधरी, एकल महिला तर्फबाट मनकुमारी मेचे, सफल कर्जा तर्फ माइस्री मेचे, नियमित बचत कर्ता तर्फ सन्देश श्रेष्ठ र उत्कृष्ट बचतकर्ता तर्फ हर्क कुमारी मगरलाई नगदसहित सम्मान पत्रले सम्मान गरिएको संस्थाका व्यवस्थापक गंगा प्रसाद मेचेले जानकारी दिए ।
संस्थाका अध्यक्ष सन्तोष मेचेले अध्यक्षको बार्षिक प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा मेचीनगर–८ का वडाध्यक्ष गिरीराज धमला, मेचीनगर–८ का निवर्तमान वडाध्यक्ष विकेन्द्रकुमार धिमाल, जिल्ला सहकारी संघ झापाका लेखा संयोजक चुडामणी ओझा, बिन्ती बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विकास देवकोटालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाकी लेखा संयोजक लक्ष्मी मेचेले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव रेवन्तराज पोखरेल (अर्जुन)ले गरेका थिए ।


