मेचीनगर । झापाको मेचीनगरमा तीन महिने आधारभूत इलेक्ट्रोनिक्स मर्मत सम्बन्धि तालिम सुरु भएको छ । व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको आयोजना तथा मेचीनगर नगरपालिका वडा नम्बर ८ को संयोजनमा भइरहेको तालिममा यस क्षेत्रका १ महिला सहित १७ जना प्रशिक्षार्थीहरु सामेल छन । मेची विद्योदय आधारभूत विद्यालय परिसरमा आयोजित तालिमको उद्घाटन मेचीनगर कार्यापालिका सदस्य चित्र Read More…
Day: September 15, 2022
एरिया सि को सबै तयारी पुरा, शुक्रवार उद्घाटन हुँदै
बाहुण्डाँगी । नेपाल जेसीजको क्षेत्र ग सम्मेलनको सबै तयारी पुरा भएको छ । शुक्रवार उद्घाटन हुने सम्मेलनमा सहभागि हुने दशेभरबाट काठमाडौँ भित्रने जेसीजकर्मीहरुको बाक्लो उपस्थिति हुन थालेको छ । सम्मेलनको सबै तयारी पुरा भएको आतिथ्यता शाखाकी अध्यक्ष सोनी श्रेष्ठले बताउनु भयो । काठमाडौंको नयाँबजारस्थित नेपा ब्यांक्वेटमा बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्ने कार्यक्रम तय Read More…
धुलावारीमा शुक्रवारदेखि अन्तराष्ट्रिय डान्स व्याटल प्रतियोगिता हुँदै
बाहुण्डाँगी । धुलावारी जेसीज र मेचीनगर डान्सर एशोसियशनको सयुक्त आयोजनामा शुक्रवार र शनिवार इष्ट डान्स फेस्टिबल हुँदैछ । डान्स व्याटल सम्बन्धिको कार्यक्रम रहेको उक्त प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भूटानका करिब ९० जना प्रतिस्पर्धी रहने धुलावारी जेसीजका अध्यक्ष रबिन्द्र पाठक (रविन) ले बताउनु भयो । गत वर्ष समेत यहि कार्यक्रम गरेको धुलावारी जेसीजले उत्कृष्ट बनेपछि Read More…
पालिकास्तरीय स्वास्थ्य अभिमुखीकरण गोष्ठी
झापा । जिल्ला समन्वय समिति झापाको आयोजनामा दुई दिने क्षयरोग, मलेरिया, एचआईभी र कोभिड संक्रमणको नियन्त्रण, निदान र उपचारका बारेमा पालिकास्तरीय अभिमुखीकरण तथा सुदृढीकरण गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा बुधबार माइपारिका सातवटा पालिका र विहीबार माइपूर्वका आठ वटा पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वाथ्य शाखाका प्रमुखहरु सहभागी भएका थिए । सेभ द चिल्ड्रेनको Read More…
दुर्गेश्वरी कृषि सहकारी संस्थाको १४औं बार्षिक साधारण सम्पन्न
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले महिलालाई आर्थिक रूपमा समान अधिकार स्थापित गर्न सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । बिहीबार दुर्गेश्वरी कृषि सहकारी संस्थाको १४औं बार्षिक साधारण सभामा बोल्दै नगरप्रमुख बुढाथोकीले सहकारीले महिला र पुरूष बीचको आर्थिक समान्ता कायम गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए । संस्थाले साधारणसभाको अवसरमा ५ जनालाई सम्मान गरेको छ Read More…
बालदिवसको अवसरमा केर्खा पब्लिक बोर्डिङ्ग स्कूलको विविध कार्यक्रम सम्पन्न
मेचीनगर । झापाको कमल ३ केर्खा स्थित केर्खा पब्लिक बोर्डिङ्ग स्कूलले विविध कार्यक्रम गरी ५८औं राष्ट्रिय बालदिवस मनाएको छ । बुधबार विद्यालय परिसरमा विद्यालयले आफ्ना विद्याथीहरु बिच हाजिर जवाफ, नृत्य, गायनलगायतका अतिरिक्त क्रियाकलाप आयोजना गरिएको विद्यालयका प्रिन्सिपल त्रिलोचन गौतमले जानकारी दिए । विद्यार्थीलाई पढाईसंगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन सधै झै विभिन्न क्रियाकलापमा सहभागी गराउदै Read More…
५८औं राष्ट्रिय बालदिवसको अवसरमा नगर स्तरीय फुटसल प्रतियोगिता सम्पन्न
मेचीनगर । ५८औं राष्ट्रिय बालदिवसको अवसरमा रोटरी क्लब अफ मेचीनगर र रोट्रयाक क्लब अफ मेचीनगरको आयोजनामा नगर स्तरीय फुटसल प्रतियोगिता सम्पन्न भएको छ । मेचीनगर नगरपालिकाका ८ वटा विद्यालयका टिम सहभागी रहेको उक्त प्रतियोगितामा धुलाारी मावि प्रथम र इष्टहोराइजन बोर्डिङ्ग स्कूलले दोस्रो स्थान हासिल गरेका थिए । फुटसल प्रतियोगिताको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर उपप्रमुख Read More…
प्रतिनिधि सभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने छ । आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आजै राष्ट्रिय सभाको बैठक पनि बस्ने भएको छ । अपराह्न Read More…








