बाहुण्डाँगी । नेपाल जेसीजको क्षेत्र ग सम्मेलनको सबै तयारी पुरा भएको छ । शुक्रवार उद्घाटन हुने सम्मेलनमा सहभागि हुने दशेभरबाट काठमाडौँ भित्रने जेसीजकर्मीहरुको बाक्लो उपस्थिति हुन थालेको छ ।
सम्मेलनको सबै तयारी पुरा भएको आतिथ्यता शाखाकी अध्यक्ष सोनी श्रेष्ठले बताउनु भयो । काठमाडौंको नयाँबजारस्थित नेपा ब्यांक्वेटमा बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्ने कार्यक्रम तय भएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । यो सम्मेलन यस वर्षको अन्तिम सम्मेलन हो । यस अघि ३ वटा क्षेत्रका सम्मेलन सम्पन्न भइसकेका छन् ।
नेपाल जेसिजको क्षेत्रगत सम्मेलनमा उठेका विशेष एजेण्डाहरुमा छलफल गरी उक्त एजेण्डा महासभामा पेश गर्ने व्यवस्था भएको हुँदा नीतिगत रुपमा अघि बढ्न क्षेत्रगत सम्मेलन आफैंमा महत्वपूर्ण रहेको सम्मेलन निरुपित कार्यकारीणी उपाध्यक्ष रमा प्याकुरेलले बताउनु भयो।
सम्मेलनमा नेपाल जेसिजका गतिविधिबारे जानकारी दिँदै देशभरि रहेका आफ्ना शाखाहरुको गतिविधि जानकारी लिइनेछ।
सम्मेलनले नेपाल जेसिजबारे नयाँ सदस्यहरूलाई पर्याप्त जानकारी दिनुका साथै एक आपसमा सम्बन्ध बिस्तार गर्न र सञ्चालन गरिने तालिमबाट सहभागीहरूमा क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने नेपाल जेसिज क्षेत्र ‘ग’ का निरुपीत राष्ट्रिय उपाध्यक्ष्य योगिराज अधिकारीले बताए।
कार्यक्रममा नेपाल जेसीजका केन्द्रीय पदाधीकारीहरू, नेपाल जेसिजको क्षेत्र ‘ग’ का ३७ वटा शाखा अध्यक्षसहित पदाधिकारी र सदस्यहरू र अन्य क्षेत्रका शाखा अध्यक्ष, पदाधिकारी र सदस्यको सहभागिता रहने नेपाल जेसिज क्षेत्र ‘ग’ का लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जीवन कार्कीले बताउनु भयो।
नेतृत्व तथा व्यक्तित्व विकासकाका साथमा अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्ध स्थापित गर्दै व्यावसायिक क्षमता अभिवृद्धिका लागि सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष जीवन कार्कीले बताए।
सम्मेलन निर्देशक तथा काठमाडौँ लेडी जेसिज १९८८ का अध्यक्ष शारदा मानन्धर पाण्डे सम्मेलनलाई थप आकर्षक बनाउन नेपाली संस्कृति तथा वातावरण संरक्षणलाई सन्देश खालका कार्यक्रमहरुमा जोड दिइने बताइन्।
पाण्डेका अनुसार नेपाल जेसिज २०२२ को नारा ‘एक्ट फर इम्प्याक्ट’ लाई मध्यनजर गर्दे सम्मेलनमा युवा व्यवसायीहरुलाई नेतृत्व तथा क्षमता विकास र महिला सशक्तीकरणमा अग्रणी भूमिका खेल्ने व्यक्तित्वहरुलाई सफल उद्यमी निर्वाण चौधरी, नेपाल चेम्बर अफ कर्मसका पूर्वअध्यक्ष भवानी राणा, एसिड भिक्टिम तथा सामाजिक अभियन्ता मुस्कान खातुनलगायत विशेष सेसन रहनेछ।
सम्मेलनमा नेपाल जेसिज २०२३ को लागि उम्मेदवारहरूको घोषणासमेत हुनेछ। यसअघि नेपाल जेसिजको क्षेत्र ‘क’ मोरङकोण् इन्द्रपुरमा, क्षेत्र ‘ख’ गोर्खामा र क्षेत्र ‘घ’ सम्मेलन कैलालीको टीकापुरमा सम्पन्न भइसकेको छ।

