मनोरञ्जन

धुलावारीमा शुक्रवारदेखि अन्तराष्ट्रिय डान्स व्याटल प्रतियोगिता हुँदै

बाहुण्डाँगी । धुलावारी जेसीज र मेचीनगर डान्सर एशोसियशनको सयुक्त आयोजनामा शुक्रवार र शनिवार इष्ट डान्स फेस्टिबल हुँदैछ ।

डान्स व्याटल सम्बन्धिको कार्यक्रम रहेको उक्त प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भूटानका करिब ९० जना प्रतिस्पर्धी रहने धुलावारी जेसीजका अध्यक्ष रबिन्द्र पाठक (रविन) ले बताउनु भयो ।

गत वर्ष समेत यहि कार्यक्रम गरेको धुलावारी जेसीजले उत्कृष्ट बनेपछि यो वर्ष पनि अन्तराष्टिय क्षेत्रमा रहेर यो कार्यक्रम सञ्चालन गर्न लागेको हो । प्रतियोगितामा निर्णायकका रुपमा समेत भारतबाट ल्याइनेछ ।

प्रतियोगितामा फ्रि स्टाइल, हिपपलगायतका विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा उक्त तीनै विधामा उत्कृष्ट हुने कलाकारलाई पुरस्कार प्रदान गरिनेछ । ३ वटा विद्याको पुरस्कारको राशी ५५ हजार रहेको छ । टाउन हलमा हुने प्रतियोगिता शनिवार समापन हुनेछ ।