संघ \संस्था

मेचीनगरमा तीन महिने आधारभूत इलेक्ट्रोनिक्स मर्मत सम्बन्धि तालिम सुरु

मेचीनगर । झापाको मेचीनगरमा तीन महिने आधारभूत इलेक्ट्रोनिक्स मर्मत सम्बन्धि तालिम सुरु भएको छ ।

व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको आयोजना तथा मेचीनगर नगरपालिका वडा नम्बर ८ को संयोजनमा भइरहेको तालिममा यस क्षेत्रका १ महिला सहित १७ जना प्रशिक्षार्थीहरु सामेल छन ।

मेची विद्योदय आधारभूत विद्यालय परिसरमा आयोजित तालिमको उद्घाटन मेचीनगर कार्यापालिका सदस्य चित्र धिमालले गरेका थिए । उनले तालिमको उद्घाटन गर्दै तालिमबाट सिकेका ज्ञानशिपलाई व्यावहारमा उतार्दै स्वरोगारी बन्न युवालाई सुझाव दिए । उद्यमशील बन्न चाहने जो कोहीपनि युवालाई नगरपालिकाले मदत गर्ने उनको भनाई छ ।

मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमलाको सभापतित्व तथा वडा सदस्य बिष्णु भट्टराईको संचालनमा सम्पन्न उदघाटन कार्यक्रममा मेचीनगर ८ का वडा सदस्य कुन्दन निरौला, व्यावसायिक तथा सीप विकास तालिम केन्द्र झापाकी केन्द्र प्रमुख कृष्णा प्रधान निरौलालगायातले तालिममा सहभागी प्रशिक्षर्थीहरुलाई सिप सिकेर दक्ष भई स्वरोजगार बन्न शुभकामना व्यक्त गरे ।