संघ \संस्था

तरहरा जेसीजको पदहस्तान्तरण सम्पन्न

बाहुण्डाँगी माघ १८ । तरहरा जेसिजको २३औं अधिवेशनले चयन गरेको नयाँ कार्य समितिले एक कार्यक्रमका विच पदभार ग्रहण गरेको छ ।

वर्ष २०२०का अध्यक्ष सुनिल तिम्सिनाले एक विशेष कार्यक्रमका विच वर्ष २०२१का अध्यक्ष सन्तोष रेग्मीलाई पदभार हस्तान्तरण गरेका हुन ।

नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजिव ढुंगानाको प्रमुख आतिथ्यतामा तरहरा जेसिजको २४औं पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको हो । वर्ष २०२१का अध्यक्ष सन्तोष रेग्मीलाई वर्ष २०२०का अध्यक्ष सुनिल तिम्सिनाले जेसिज चेन हस्तान्तरण गरि पदभार सुम्पीए ।

सोही कार्यक्रममा वर्ष २०२१का अध्यक्ष रेग्मीले आफनो नेतृत्वमा रहेको कार्य समितिका पदाधिकारीहरुलाई जेसिजको निति नियम अनुसार सपत ग्रहण गराएका थिए । वर्ष २०२१का लागि तरहरा जेसिजको नयाँ कार्य समितिको कार्यकारी उपाध्यक्षद्धयमा ओम खड्का , चेवन खतिवडा , उपाध्यक्ष हिमान्स वि क ,आर्यन सुवेदी , मनिष बस्नेत , राजन कोइराला,महाासचिवमा नुतनराज लुुुुुइँटेल , सचिवमा सचिन कार्की ,कोषाध्यक्ष उमेश राइ, सम्पर्क अधिकारीमा शंकर कुँवर, कानुनी सल्लाकारमा बहादुर तामाङ चयन भएका छन । सोही कार्यक्रममा विभिन्न विधाको पुरस्कार समेत वितरण गरिएयो । कार्यक्रममा नेपाल जेसिजका वर्ष २०२१का अध्यक्ष अरुणेश्वर खनाल लगायतको विभन्न स्थानका जेसिजका अध्यक्षहरु अतिथी रहेका थिए ।