संघ \संस्था

भीरकोट जेसीजको पदहस्तान्तरण सम्पन्न, अबको नेतृत्व प्रशुन्न मगरलाई

बाहुण्डाँगी, १८ माघ । भीरकोट जेसीजको तेस्रो पदहस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । २०२० की अध्यक्ष मिना खाँणले नवनिर्वाचित अध्यक्ष प्रशुन्न मगरलाई विधिवत रुपमा आफ्नो गलमा भएको जेसीज चेन हस्तान्तरण गर्दै पदहस्तान्तरण गर्नु भएको थियो ।


कार्यक्रमको उद्घाटन गर्दै भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले स्थापनाकालदेखि नै भीरकोट जेसीजमा विषेश चासो र सहयोग रहेको बताउँदै आगामी दिनमा समेत अझ बढी सहयोग गर्न तत्पर रहेको बताउनु भयो । भीरकोट जेसीजका एक मात्र मानार्थ सदस्य रहनु भएका नगर प्रमुख अनालले जेसीजले बनाएका कार्ययोजनाहरुलाई नगरपालिकाले विषेश सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा विशेष अतिथि निरुपित कार्यकारीणी उपाध्यक्ष भोजराज चापागाई, भीरकोट जेसीजका संस्थापक अध्यक्ष उमेश गुरुङ, नेपाली कग्रेसका महाधिवेशन प्रतिनिधि गोविन्द कर्माचार्य, भीरकोट नगरपालिका वडा नम्ब्र ५ का वडा अध्यक्ष तथा मातृ शाखा वालिङका पूर्व अध्यक्ष लक्ष्मण अधिकारी ( यामप्रसाद), नगरका प्रवक्त तथा वडा नम्बर १ का वडा अध्यक्ष दिपेन्द्र केसी, वडा नम्ब्र ६ का वडा अध्यक्ष रामकाजी केसी, वडा नम्ब्र ९ का अध्यक्ष भीमबहादुर गुरुङ, नगर सदस्य विष्णु काफ्ले, नेकपा भीरकोटका सचिव विश्वनाथ अर्याल, राप्रपा प्रतिनिधि पदमबहादुर श्रेष्ठ, वालिङ जेसीज २०२० का अध्यक्ष होमकान्त गौतम, माछापुच्छे सहकारीका अध्यक्ष डोलराज ढुङ्गाना, नगरबाल सञ्जाल अध्यक्ष सुदिप पौडेललगायतले भीरकोट जेसीजले स्थापना समयको छोटो समयमा गरेको उपलब्धीका बारेमा प्रशंसा गरेका थिए ।


सोही समारोहमा कोभिड १९ को महामारीमा आयोजना गरेको अनलाइन बालमैत्री सम्बन्धी वक्तृत्वकला प्रतियोगिताको पुरस्कार तथा विभिन्न क्षेत्रमा ख्यातीप्राप्त व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बालकलाकार प्रिन्स लम्साल र लोकगाय नेत्र खड्काले उपस्थित दर्शक तथा सम्मानित व्यक्तिहरुलाई नचाएर थप रोमाञ्चक प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन कृष्णप्रसाद पौडेलले गरेका थिए । स्वागत मन्तव्य कार्यक्रम संयोजक जेसी भरत खडकाले गर्नु भएको थियो ।