स्वास्थ्य

सोमबार झापामा थपिए ११ जना कोरोना संक्रमित

झापा, असोज २६ । सोमबार झापाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिकाका १ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको हो। त्यस्तै अर्जुनधारा नगरपालिकाका १ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको छ। दमक नगरपालिकाका २ महिला र २ पुरुषमा संक्रमण देखिएको हो।

झापामा हालसम्म २२० जना सक्रिय संक्रमित रहेका छन्।

यो पनि पढ्नुहोस

सोमबार थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु