झापा । झापाको बाह्रदर्शी गाउँपालिकामा जंगली हात्तीको आक्रमणमा परी एक जना बृद्धको मृत्यु भएको छ । मृत्युहुनेमा बाह्रदर्शी -१ बस्ने ८० बर्षिय देबिबहादुर अधिकारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए ।
सोमबार बिहान १० बजे मनकामना सामुदायिक वनबाट आएको हात्तीले अधिकारीलाई आक्रमण गरेको थियो । आक्रमणबाट सख्त घाइते अधिकारीलाई उपचारको लागि घोपा धरान तर्फ लगिएकोमा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

