झापा, जेेेठ २३ । पछिल्लो २४ घण्टामा झापामा १ सय ९४ जनाले कोरोना भाइरस संक्रमण जितेका छन्। योसँगै झापामा कोरोना जित्नेको संख्या ६ हजार ९४२ पुगको छ।
त्यसैगरी २४ घण्टामा ७७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै झापामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ११ हजार ४ सय पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ। योसँगै झापामा कोरोनाले ज्यान गुमाउनेको संख्या २६४ पुगेको छ।

