स्वास्थ्य

जंगली च्याउ खाँदा चार जना बिरामी

नरेन इलामेली
इलाम, जेठ २३ ।
इलाममा जंगली च्याउ खाँदा चार जना बिरामी भएका छन्।
शनिवार बेलुका जंगली च्याउ खाँदा जिल्लाको सन्दकपुर गाँउपालिका-१ खोलाघारी बस्ने बर्ष ५२ का जित बहादुर राई , सोही स्थान बस्ने बर्ष ५० का टिका बहादुर राई, ईलाम नगरपालिका ३ पुवामझुवा बस्ने बर्ष ३५ का बिरमान राई र उनकी श्रिमती बर्ष ३२ कि बिष्णु राई बिरामी भएको प्रहरीले जनाएको छ ।

जित बहादुर र टिका बहादुरले जंगलबाट ल्याएको च्याउ शनिबार बेलुका इलाम नगरपालिका ३ पुवामझुवाका बिरमान राईको घरमा लगेर पकाएर खाएका थिए । च्याउ खाएर बिरामी भएका चारै जनालाई उपचारका लागि जिल्ला अस्पताल इलाममा ल्याईएकोमा उनीहरुको इलाम अस्पतालमा उपचार हुन नसके पछि थप उपचारको लागि झापाको विर्तामोड स्थित वि एण्ड सी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

हाल उपचाररत रहेका जित बहादुर राई र टिका बहादुर राई अवस्था गम्भिर रहेको छ भने बिरमान राई र उनकी श्रीमति बिष्णु कुमारी राई अवस्था सामान्य रहेको छ ।