दमक। झापाको दमकमा १० जना युवाले संयुक्त रुपमा सञ्चालन गर्दै आएको हाम्रो खानपिन अड्डाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को समर्थन गर्दै होटलको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोगमा ल्याएको छ ।
अड्डाका एक संचालक विकाश घिमिरेका अनुसार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको समर्थन गर्दै आजबाट नै लागु हुनेगरी होटलको शौचालय लाई सार्वजनिक शौचालय बनाइएको बताए ।

यो सार्वजनिक शौचालय अभियान काठमाडौं महानगरपालि मात्र सीमित नभई देश भर नै सञ्चालन होस् र नेपाल लाई नै सफा र स्वच्छ बनाऊ टेवा पुगोस् भन्ने हाम्रो चाहना हो सञ्चालक घिमिरेले भने, बालेन् हाम्रो लागि, हामी बालेनको लागि भन्ने नाराका साथ हामी सञ्चालक १० जनाले नै हाम्रो खानपिन अड्डाको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग दिइने घोषणा गरेको बताए ।
अड्डामा विशेष गरी चिकेन, बटाई, भेजका फरक फरक परिकारहरु पाइने साथै जन्मदिन, बिभिन्न संस्थाका पार्टी, मिटिङ्ग गर्नका लागि सुविधा सम्पन्न ठाउ सहित रहेको छ ।

दमकका विभिन्न क्षेत्रमा व्यवसायमा काम गरिरहेका युवाहरुले बिगतदेखि नै आफ्नै क्षेत्रमा ताजा सफा मीठो खानाका परिकारको सेवा दिनको लागि दमकको बालुवाटारमा हाम्रो खानपिन अड्डा सञ्चालन गरिरहेका छन् ।

