संघ \संस्था

बुटवल लेडी जेसीजद्वारा नयाँ सदस्यहरुलाई प्रशिक्षण

बाहुण्डाँगी । बुटवल लेडी जेसीजले नयाँ सदस्यहरुलाई पूर्व प्रेरण प्रशिक्षण दिएको छ । बुटवल लेडी जेसीज प्रवेश गरेका नवजेसीज सदस्यहरुलाई बुटवल लेडी जेसीजको विधानतः पूर्व प्रेरण प्रशिक्षण (प्रिइन्डक्सन) प्रदान गरिएको छ । मंगलवार आयोजित एक समारोहकाबिच वर्ष २०२२ मा संस्थामा सदस्यता लिएका सदस्यहरुलाई तालिम सहित जेसीज पिन ग्रहण गराइएको बुटवल लेडी जेसीजकी अध्यक्ष अनुपमा श्रेष्ठले जानकारी दिनु भयो ।

अध्यक्ष श्रेष्ठको अध्यक्षता तथा मातृशाखा बुटवल जेसीजका पूर्व अध्यक्ष,नेपाल जेसीज काउन्सिलर्स एकेडेमी(२०२२ का निर्देशक राजीव गौतमको प्रमुख आतिथ्यता एवं प्रमुख प्रशिक्षण रहेको कार्यक्रममा बुटवल लेडी जेसीजका संस्थापक अध्यक्ष् रेखा शर्मा कट्टेल ,नेपाल जेसीज(२०२२ का बोड सल्लाहकार तथा बुटवल लेडी जेसीजका पूर्व अध्यक्ष सल्लाहकार राधिका पोखरेल,पूर्वअध्यक्ष सल्लाहकार रुपा पाण्डे,पूर्व अध्यक्ष लक्ष्मी थापाको आतिथ्यता रहेको थियो।

कार्यक्रमका संयोजक मेरिना वर्माको स्वागत मन्तव्य,व्यक्तिगत क्षेत्रका उपाध्यक्ष पुनम पन्तको आस्थापाठ मिसन भिजन रहेको कार्यक्रममा संस्थापक अध्यक्ष एवं पूर्व अध्यक्षले शुभकामना सहित मन्तव्य राखेका थिए भने कार्यक्रम महासचिव संगीता ढकालले गरेकी थिइन्।

प्रमुख प्रशिक्षक राजीव गौतमले नवजेसीज सदस्यहरुलाई संस्थाको इतिहासदेखि बर्तमानसम्म सबै जानकारी गराएका थिए ।