बाहुण्डाँगी । बुधबारे जेसीजको जेसिज सप्ताह’ अन्तर्गत स्लो मोटरसाइकल रेस सम्पन्न भएको छ । सप्ताहको पाँचौ दिन, शुक्रबार बुद्धशान्ति ३ को ८ नम्बर चोकमा स्लो मोटरसाइकल रेस गर्दै कार्यक्रम सम्पन्न भएको कार्यक्रमका संयोजक बिनोद रिजालले जानकारी दिए।
प्रतियोगितामा निकेस भण्डारी प्रथम, बिजय उप्रेती दोस्रो र बिबेक माझी तेस्रो भएका थिए ।

उनीहरुलाई हेल्मेट र प्रमाणपत्रर प्रदान गरिएको बुधबारे जेसीजका कार्यकारिणी उपाध्यक्ष सुजित बरालले जानकारी दिए।
सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष एवं कार्यक्रमका प्रमुख धरणीधर पोख्रेलले ब्यानर बाचन गरी कार्यक्रम उद्घाटन गरेका थिए।

उद्घाटनमा बोल्दै अध्यक्ष पोख्रेलले बुधबारे जेसिजले पछिल्ला दिनहरुमा समाजको परिवर्तनको लागि सचेतनामुलक कार्यक्रम गरेकोमा बुधबारे जेसिजलाई धन्यवाद दिएका थिए।
कार्यक्रममा बोल्दै बुधबारे जेसिजका अध्यक्ष मुकेश भट्टराईले स्लो मोटरसाइकल रेसले दुर्घटना न्यूनीकरण हुने कुराले गर्दा यो कार्यक्रम राखेको कुरा बताएका छन् ।

कार्यक्रममा विशिष्ट अतिथि ट्राफिक प्रहरी कार्यलयका बुधबारेका इन्चार्ज राजकुमार चौधरी र विशेष अतिथिमा ट्राफिक कार्यलय बुधबारेका ट्राफिक बिजय श्रेष्ठको उपस्थिति रहेको जेसिज सप्ताहका मुल संयोजक जेसी रुद्र निरौलाले जानकारी दिए।
कार्यक्रमको संचालन बुधबारे जेसिजका सचिव जेसी चन्द्र कान्त वाग्लेले गरेको कार्यक्रमको स्वागत मन्तव्य बुधबारे जेसीजका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक बिनोद रिजालले गरेका थिए भने जेसीज आस्था पाठ जनसम्पर्क अधिकारी जेसी गजेन्द्र योङहाङ्गले गरेका थिए ।

