संघ \संस्था

बीसहजार जेसीजद्धारा आयोजनामा शेयर कारोवार सम्बन्धि अन्तरक्रिया सम्पन्न

बाहुण्डाँगी । बीसहजार जेसीजको आयोजनामा भरतपुरमा शेयर कारोबार सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको छ । शेयर बजारमा प्रवेश गर्न चाहानेहरूको लागि प्राथमिकतामा राखेर जेसीजले अन्तरक्रिया आयोजना गरेको हो । कार्यक्रममा शेयर बजारमा चासो रहेकाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

शेयर बजारका विज्ञ दीपक गौतमले सहभागिहरुलाई प्रशिक्षण दिनुभएको थियो । उहाँले शेयर बजारको शुरुवाती चरण आईपियो भर्नेदेखि सेकेन्डरी बजारमा कसरी प्रवेश गर्ने र शेयर बजारका सम्भावना र जोखिमको बारेमा प्रशिक्षित गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल जेसीजका पुर्व अध्यक्ष जेसी सिनेटर अरुणेश्वर खनालको प्रमुख आतिथ्यता रहेको थियो । उहाँले शेयर बजार मानव जीवनको लागि महत्वपूर्ण ज्ञान भएको वताउनुभयो । मानव भएर अस्तित्वको लागि सङघर्ष गर्नुपर्ने उहाँको तर्क छ ।

बीसहजार जेसीजका बर्ष २०२२ का अध्यक्ष वेदराज न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्ष एवं पुर्व राष्ट्रिय उपाध्यक्ष जेसी जनक घिमिरे, पुर्व अध्यक्ष सन्तोष मजाकोटी, माडी जेसीजका अध्यक्ष शोभाकर अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

बीसहजार जेसीजकी उपाध्यक्ष जमुना पौडेलको संयोजकत्वमा भएको कार्यक्रम महासचिव विजय न्यौपानेले सहजिकरण गर्नुभएको थियो ।