संघ \संस्था

रामेछाप जेसीजद्धारा विद्यार्थीका अवसर र चुनौतीका विषयमा प्रशिक्षण

बाहुण्डाँगी । रामेछाप जेसीजको आयोजनामा एसइइ परीक्षापछि आउने अवसर र चुनौतीका विषयमा प्रशिक्षण सम्पन्न भएको छ । शनिवार रेडक्रम भवन मन्थलीमा आयोजित समारोहमा हालै परीक्षा दिएर बसेका विद्यार्थीहरुले अबको आफ्नो गन्तब्यका बारेमा सहभागिलाई जानकारी गराएका थिए । साथै सहभागि अभिभावकहरुले पनि आफ्ना नानीहरुका समस्यहरु राखेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले भविष्यको कर्णधारका रुपमा रहेका बालबालिकाहरु त्यसमा पनि एसइइ पुरा गरेका नानीबाबुहरुले सहि मार्गनिर्देशन नपाउँदा गलत बाटोमा हिड्ने गरेका प्रशस्त उदाहरण रहेकाले आफ्ना बच्चाहरुलाई घरबाट असल संस्कारको शिक्षासँगै समाजले सहि मार्गनिर्र्देशन दिनु पर्ने कुरामा जोड दिएका थिए ।


कार्यक्रमका प्रमुख प्रशिश्रक नेपालका बरिष्ठ शिक्षाविद विद्यानाथ कोइरालाले बच्चाहरुको मानसिकता र उनीहरुको क्षमताको पहिचान गरेर उनीहरुले रोजेको बाटो सहि हो या गलत छुट्याएर स्वतन्त्र रुपमा अघि बढ्न दिएमा कुनै पनि विद्यार्थीले भविष्यमा असफल हुनु नपर्ने बताउनु भयो । उहाँले हरेक बालबालिका कुनै न कुनै क्षेत्रमा अब्बल रहेको बताउनु हुँदै पढाइको आधार आधा मात्र हुँदै गरेकाले आगामी दिनमा आफुले चाहेको विषय अध्ययन गरेर आफुलाई परिवर्तन गर्नु पर्ने बताउनु भयो ।

साथै उहाँले र्यापर गायक बालेनको उदाहरण दिनु हुँदै गायनमा भएको प्रतिभालाई उजागर गर्दै बालेन शाह काठमाडौको मेयर भएको र हाम्रा हरेक विद्यार्थी भाइबहिनीहरु बालेन जस्तो अब्बल रहेको बताउनु भयो । उहाँले इन्जिनीयरका विद्यार्थी र्यापरसँगै राजनीतिककर्मी तथा बहुप्रतिभाशाली बन्ने बताउनु भयो ।

अर्का प्रशिश्रक मन्थली क्याम्पसका पूर्व क्याम्पस प्रमुख गुञ्जबहादुर श्रेष्ठले यो उमेरलाई सहि रुपमा अघि बढाउन सकेमा भविष्यमा जीवन सार्थक हुने बताउनु भयो । सहभागि विद्यार्थीहरुले आफुसँग भएको प्रतिभा प्रस्तुत गरेका थिए भने आगामी योजनाहरु पनि राखेका थिए । उहाँले एउटा विषयमा मात्र व्यक्ति पोख्त नहुने बताउनु हुँदै आफ्नो क्षमताको पहिचान गरेर आफुलाई समाजको अब्बल नागरिकका रुपमा स्थापित गर्न शुभकामना दिनु भयो ।

प्रशिक्षक डा. कोइरालाले घटेको घटनाको उदाहरण दिैदै भन्नु भयो एक जना अभिभावकले आफ्नो बच्चाले छोरीले पढेर डाक्टर बनोस भन्ने इच्छा थियो तर, उसको इच्छा पाइलट बन्ने थियो । पछि ऊ पाइलट भएर जहाज उडाउने भइन् । यसले हामीलाई हाम्रो रहर होइन नानीबाबुहरुको इच्छामा भर पर्छ भन्ने कुराको ज्ञान भएको बताउनु भयो । उहाँले हरेक अभिभावकले आफ्ना बच्चाको इच्छालाई कुण्ठित पार्न नहुने समेत बताउनु भयो ।

शाखाका अध्यक्ष रामहरी सापकोटाको सभापतित्व तथा मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मन्थली मा वि का शिक्षकहरु चन्द्र धामी,
पविना पौडेल, कमला थापा, शिव सुवेदी, टकराज सुवेदी, मन्थली मा वि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम सुवेदी, दोलखा जेसिजका अध्यक्ष पदम पाठक तथा सितलादेवीका शिक्षक,सम्पूर्ण अभिभावक सेतिदेवी, भैरवी, तामाकोसी विद्यालयका , व्यवस्थापन समिति का अध्यक्ष सदस्य अभिभावकहरुसहित ६५ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक तथा २०२२ की कानुनी सल्लाहकार सरस्वती रायमाझीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन महासचिव विमल पौडेलले गर्नु भएको थियो ।