झापा । पूर्वसञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी झापा जिल्ला भेला आज हुँदैछ ।

बिर्तामोड स्थित अग्रसेन भवनमा असार ३० गते बिहिबार ११ः३० बजेबाट सुरु हुने जिल्ला भेलालाई सम्बोधन गर्न सभापति लामिछाने बुधबार नै झापा आईसकेका छन् । उनले आज जिल्ला भेलामा सहभागीलाई सम्बोधन गर्ने आयोजकले जनाएको छ ।
जिल्ला दौडाहमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीको असार ३१ गते शुक्रबार सुनसरीको धरान स्थित बसुन्धरा स्मृति सदनमा र ३२ गते शनिबार मोरङको बिराटनगर स्थित जैन भवनमा जिल्ला भेला हुने कार्यतालिका रहेको छ ।

