बाहुण्डाँगी । बुटवल लेडी जेसीजको आयोजनामा श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा संरक्षित असहाय बालकहरूलाई सहयोग प्रदान गरिएको छ । उनीहरूलाइ लत्ताकपडा,शैक्षिक सामाग्री वितरण तथा भोजन खुवाइएको हो ।
भानुजयन्ती , गुरूपुर्णिमा तथा शाखाकी अध्यक्ष अनुपमा श्रेष्ठको जन्मदिनको अवसर पारी सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि महन्त देवराज महाराजाले पश्चिमेली सँस्कृति नेपालमा हाबी भएको बताउनुभयो। बत्ती निभाएर जन्मदिन मनाउन नहुने र निभाए जीवन अन्धाकार हुने बताउनुभयो ।

‘धर्मले हामीलाई अनुशासन मा राख्छ, अध्यात्मिक तर्फ जोड दिनुपर्छ ,अध्यात्मलाई आत्मसात गरि अघि बढेमा समाज सहि दिशामा जान्छ’ । उहाँको भनाइ छ ।
कार्यक्रममा विशिष्ट अतिथी मन्दिर व्यवस्थापन समिती अध्यक्ष,मन्दिरका संस्थापक धनराज पोख्रेल,नेवा पुच कि अध्यक्ष धनु श्रेष्ठ , पुर्व अध्यक्ष ज्ञानधरा पौडेलले आफ्नो भनाई राख्नुभएको थियो ।
सो अवसरामा युवा परिषद उपाध्यक्ष शोभा श्रेष्ठ,पूर्व अध्यक्ष सल्लाहकार सिनेटर राधिका पोखरेल,पूर्व अध्यक्ष सिनेटर मन्जु भूषाल,जेसी ज्ञानधरा पन्त,आजिवन सदस्य कल्पना श्रेष्ठ,मीना केसी,गीता ज्ञवाली, बुटवल जेसिजका वर्ष २०२२ का अध्यक्ष चन्द्रमणि भुषाल, तिलोत्तमा नेवाःमयजू खलका अध्यक्ष मिनु श्रेष्ठ,भिमसेन नेवा मयजू खल अध्यक्ष धनु श्रेष्ठ,रुरु मिलनकेन्द्र नेपाल अध्यक्ष जमुना सुवेदीको उपस्थिती रहेको थियो ।
कार्यक्रमको संम्योजन क्लवकी सदस्य संगिता मरासिनी ,सञ्चालन क्लवकी महासचिव संगिता ढकालले गर्नु भएको थियो भने आस्थापाठ कार्यकारिणी उपाध्यक्ष बेदना पाण्डेले गर्नुभएको थियो ।

