बाहुण्डाागी । अन्तराष्ट्रिय जेसीज एकाडेमीमा भाग लिन नेपालबाट अनिल महर्जन सहभागिका रुपमा गएका छन् । जेसीआई बेङ्ग्लोर गाडे«न सिटीको आतिथ्यतामा शुक्रवारबाट सुरु भएको एकाडेमी बिजनेश लिडरसिप एक्सिलेन्समा भाग लिनका लागि धापासी जेसीजका महर्जन भारत पुगेका हुन् । महर्जन नेपाल जेसीजकै प्रतिनिधित्व गर्दै एक्लो सहभागि भएका हुन् । महर्जन शाखाका पूर्व कार्यकारीणीणी उपाध्यक्ष समेत हुन् । धापासी जेसीजका एकाडेमी सोमबारसम्म चल्नेछ । अन्तराष्ट्रिय कार्यक्रममा नेपाल जेसीजका तर्फबाट सहभागि हुन गएका महर्जनलाई शाखाका अध्यक्ष जेसीआई सिनेटर खेमराज अधिकारीले सफलताको शुभकामनासहित बधाई व्यक्त गर्नु भएको छ ।

