संघ \संस्था

हेटौडा जेसीजको वक्तृत्वमा गरिमा र सुलिन छनौट

बाहुण्डाँगी । हेटौंडा जेसीजको आयोजनामा सन्चालन भएको प्रथम चरणको अनलाइन पब्लिक स्पिकिङ कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतियोगिताबाट कपिलबस्तुकी गरिमा घिमिरे र हेटौडाका सुनिल न्यौपाने उत्कृष्ट २ मा छनोट भएका छन् । जुम एप्स मार्फत सञ्चालित कार्यक्रममा १८ जना प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा ५ राउण्डमा अनलाइन प्रतियोगिता हुनेछ ।

जसमा हरेक राउण्डमा २ जना छनोट हुनेछन् भने प्रतियोगिहरु मध्येबाट अन्य दुई जना छनोट गरी १२ जना प्रतियोगिले फाइनल राउण्डमा प्रतिस्पर्धा गर्ने आयोजक शाखाका अध्यक्ष पवन कंसकारले बताउनु भयो । प्रतियोगितामा विजेता हुने प्रतियोगिले नगद २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजारसहित प्रमाण पत्र प्राप्त गर्नेछन् । कार्यक्रमको निर्णायकहरुमा बरिष्ठ समालोचक घनश्याम घिमिरे, साहित्यकार निरा शर्मा, बरिष्ठ साहित्यकार निमेष निखिल, जेसिआइ हेटौडाका पूर्व अध्यक्ष जेसिआइ सिनेटर दिपकराज मिश्र रहनु भएको थियो ।

जेसिआइ हेटौंडा सन २०२२ का अध्यक्ष पवन कुमार कंसाकारको अध्यक्षता तथा नेपाली काग्रेस मकवानपुरका नेता आनन्द राम पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममामा बिशिस्ट अतिथिको रुपमा नेपाल जेसीज क्षेत्र ख निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सुनिल तिमल्सिना, निरुपित राष्ट्रिय उपाध्यक्ष जेसिआइ सिनेटर नरेश चन्द्र ओझा, रास्टिय उपाध्यक्ष रश्मि बस्नेत , रास्टिय कार्यकारिणि उपाध्यक्ष रमा प्याकुरेल जेसिआइ हेटौडा का पुर्ब अध्यक्ष एवम पूर्व राष्ट्रिय कानुनी सल्लाहकार गणेश कुमार श्रेस्ठ,

शाखाका पूर्व अध्यक्ष सिनेटर रवि नेपाल, सिनेटर राजदेव बानियाँ, मातृ शाखा बिरगञ्ज जेसीज का अध्यक्ष अमृत गौरो, नारायणगढ लेडि जेसीजकी अध्यक्ष अनु श्रेस्ठ अधिकारि, बस्तिपुर जेसीजका अध्यक्ष रमेश उप्रेती, पालुङ जेसीजका अध्यक्ष जयराम खत्री, हेटौडा लेडी जेसीजकी अध्यक्ष कबिता पौडेल, देबघाट धाम जेसीजका अध्यक्ष बिकास सापकोटा, प्रस्तावित बकैया जेसीजका अध्यक्ष रमेश फुयाँल, सिदार्थनगर लेडि जेसीजकी अध्यक्ष अनिता पाण्डेलगायतको आतिथ्यता रहेको थियो ।


कार्यकारीणी उपाध्यक्ष शिब कुमार श्रेस्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिब बिकेशलाल श्रेस्ठले गर्नु भएको थियो । कार्यक्रम सम्योजक बिबेक फुइयाल रहनु भएको थियो ।
प्रतियोगिताको दोस्रो राउण्ड साउन ७ गते हुने अध्यक्ष कंशकारले बताउनु भयो ।